Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई एक लाख दिइने

ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई एक लाख दिइने

  • 379
    SHARES
  • ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई एक लाख दिइने

    सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिकाले ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएका मलामीका परिवारलाई जनही १ लाख रूपैयाँ दिने भएको छ ।

    नगरपालिकाले मलामी गएर फर्कंदै गरेको ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएका ३ जनाको परिवारलाई जनही १ लाख दिने निर्णय गरेको हो । नगरपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई १ लाख दिने निर्णय गरेको नगरप्रमुख कृष्णकुमार तामाङले जानकारी दिए ।

    गत असार २४ गते मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा चैनपुर नगरपालिका-१० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर नगरपालिका-९ का ४६ वर्षीय केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारीको मृत्यु भएको थियो भने ट्रयाक्टर दुर्घटनामा परेर ४२ जना मलामी घाइते भएका थिए ।

    यस्तै बैठकले घाइतेमध्ये ३ जनालाई उपचार खर्चसमेत उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख तामाङले बताए । गम्भीर घाइते चैनपुर-१० का दीपेश कटुवाल, चित्रबहादुर तामाङ र नरबहादुर कार्कीको सम्पूर्ण उपचार खर्च बेर्होने निर्णय भएको नगरप्रमुख तामाङको भनाइ छ ।

    ४४ जना मलामी बोकेर फर्किंदै गरेको को२त ३९६१ ट्रयाक्टर खाँदबारी-लेगुवा सडक खण्डको दुम्कटामा दुर्घटनामा परेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij