Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

राप्रपा नेपालको उपाध्यक्षमा राजभण्डारी र सह-महामन्त्रीमा बस्नेत मनोनित

राप्रपा नेपालको उपाध्यक्षमा राजभण्डारी र सह-महामन्त्रीमा बस्नेत मनोनित

  • 533
    SHARES
  • राप्रपा नेपालको उपाध्यक्षमा राजभण्डारी र सह-महामन्त्रीमा बस्नेत मनोनित

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको उपाध्यक्षमा दिलबिकास राजभण्डारी र सह-महामन्त्री  पदमा दमन बस्नेतलाई मनोनित भएका छन् ।

    अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम भण्डारी र बस्नेतलाई क्रमशः उपाध्यक्ष र सह-महामन्त्रीमा मनोनित गरेका हुन ।

    अध्यक्ष थापाले दुबैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्न आग्रह गरे ।

    राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरि राप्रपा नेपाल प्रवेश गरेका थिए ।

    आगामी दिनमा आबश्यकता अनुसार अन्य नेताहरूलाई पनि पार्टी र नेतृत्वले जिम्मेवारी दिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij