Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

दार्चुलामा बढ्दै एचआइभी संक्रमित 

दार्चुलामा बढ्दै एचआइभी संक्रमित 

  • 423
    SHARES
  • दार्चुलामा बढ्दै एचआइभी संक्रमित 

    दार्चुला । दार्चुलामा एचआइभी संक्रमितहरूको संख्या बढ्दै गएको छ । गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना संक्रमितहरूले एआरटी सेवा लिइरहेका छन् ।

    गत वर्ष तीनजना एचआइभी संक्रमित थपिएका हुन् । अहिले जिल्ला अस्पतालबाट सेवा लिनेमध्ये २० पुरुष, २० महिला तथा दुईजना बालबालिका छन् ।

    जिल्ला अस्पताल दार्चुलाका एआरटी काउन्सिलर लोकेन्द्र सिंह धामीले दिएको जानकारीअनुसार ४२ मध्ये एकजनाको एचआइभी एड्सकै कारण गत आर्थिक वर्षमा मृत्यु भयो ।

    आर्थिक वर्ष २०७०/७१ वटा जिल्लामा एआरटी सुरु भएयता एचआइभी एड्सका कारण ६ जनाको मृत्यु गएको छ । लेकम गाउँपालिका-१ सर्मौलीका ती युवक अन्तिम अवस्थामा अस्पताल पुगेका कारण बचाउन नसकिएको उनले बताए ।

    धनगढीको सेती अस्पतालमा दुई पटक उपचारमा गए तर बच्न सकेनन् । भारतमा मजदुरी गरेर फर्किएका ती युवकमा एचआइभी संक्रमित अन्तिम अवस्थामा पुगेका थिए ।

    धामीका अनुसार जिल्लाको महाकाली नगरपालिकामा ५ महिला ३ पुरुषसहित ८ जना, शैल्यशिखर नगरपालिकामा ५ महिला ४ पुरुषसहित ९ जना एचआइभी संक्रमित छन् ।

    यस्तै मालिकार्जुन गाउँपालिकामा ६ महिला, ४ पुरुष, लेक गाउँपालिकामा ४ महिला, ४ पुरुष र १ बालक, मार्मा गाउँपालिकामा ३ पुरुष र १ बालक तथा दुहुँ गाउँपालिकामा २ पुरुषमा एचआइभी संक्रमित रहेको धामीले जानकारी दिए ।

    जिल्लाको अपी हिमाल गाउँपालिका, नौगाड गाउँपालिका तथा व्यास गाउँपालिकामा एचआइभी संक्रमित फेला परेका छैनन् । दार्चुलामा संक्रमितहरूको संख्या बढ्नुको मुख्य कारण असुरक्षित यौनसम्पर्क हो ।

    भारतसँग सिमाना जोडिएकाले दार्चुलामा एचआइभीको जोखिम झन् बढेको हो । यहाँका अधिकांश नागरिक भारतमा मजदुरी गर्न जान्छन् । लामो समयसम्म भारतमा मजदुरी गर्दा असुरक्षित यौन सम्पर्क गरेर फर्किंदा घरपरिवारमा समेत एचआइभी संक्रमण फैलाउने गरेका छन् ।

    संक्रमितहरूलाई हेर्ने समाजको दृष्टिकोण परिवर्नत नहुँदा पनि महिला पुरुष समयमै उपचारका लागि खुल्न नसक्दा जोखिम बढ्दै गएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij