Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

खडेरीका कारण गहुँ उत्पादनमा कमी

खडेरीका कारण गहुँ उत्पादनमा कमी

  • 700
    SHARES
  • खडेरीका कारण गहुँ उत्पादनमा कमी

    लमजुङ । लामो समयदेखिको खडेरीका कारण जिल्लाका विभिन्न ठाउँमा लगाइएको हिँउदेबालीको उत्पादनमा कमी आएको छ । जिल्लाको सेती, कालङ्गा, बहुलीगाड, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र सिँचाइको सुविधा भएका सीमित क्षेत्र आकासेपानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा कमी आएको छ ।

    images

    लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौ, उवा, केराउ, मसुरोलगायतका हिउँदेबालीको उत्पादनमा कमी आउँदा जिल्लामा चरम खाद्य सङ्कट हुने देखिएको छ । यस वर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जयपृथ्वी नगरपालिका­-१ का किसान अमृत शाहीले बताए । 

    ‘हिँउदभरि पानी नपर्दा लगाएको बाली सुक्यो । सिँचाइ हुने ठाउँमा अलिअलि उम्रेको थियो त्यो पनि असिनाले चुटेर सखापै बनायो । एकातिर खडेरीले सुकायो अर्कातिर असिनाले नष्ट भयो’, उनी भन्छन् । यस वर्ष आउनसक्ने खाद्य सङ्कटबाट भोकमरी हुन नदिन खडेरी पिडित किसानलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने सुदुरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताए । 

    प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल राहतस्वरुप खाद्यान्न वितरण गर्नुपर्ने र वर्षे बालीका लागि बिउ तथा मल निःशुल्क उपलब्ध गराउनु पर्नेमा उनले जोड दिए । आकासेपानीको भरमा खेती हुने क्षेत्रमा ९० प्रतिशत उत्पादन घटेको किसानहरु बताउँछन् । खडेरीका कारण जिल्लाभरि १५ हजार बढी हेक्टरमा गहु, जौ, केराउ, मसुरोलगायतका हिँउदेबाली लगाएकामा छ हजार २०० हेक्टरमा उत्पादन शून्य रहेको र असिनाले नौ हजार ३३६ मेट्रिक टन हिउँदे बाली पूर्णरुपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए । 

    जिल्लामा कूल खेतीयोग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ । सिँचाइ नभएको ठाउँमा लगाएको बाली सुकेर पूरै नष्ट भएको छ । जिल्लामा वार्षिक सरदर ३२ हजार मेट्रिक टन अन्न उत्पादन हुने गरेको छ । यहाँको जनसंख्याको अनुपातमा सात हजार मेट्रिक टन अपुग हुने गर्दछ । 

    खडेरीका कारण जिल्लाको कुल जनसङ्ख्याको ४५ प्रतिशत जनसङ्ख्या भोकमरीको चपेटामा पर्ने देखिन्छ भने १४ हजार घरधुरीलाई चरम खाद्य सङ्कट हुने विष्टले बताए । यसपालि खडेरीले उत्पादनमा कमी आउँदा १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने केन्द्रले जनाएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology