Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

संक्रमणमुक्त भएका मदनकृष्णको आग्रह-  कोरोनाप्रति संवेदनशिल बनौं

संक्रमणमुक्त भएका मदनकृष्णको आग्रह-  कोरोनाप्रति संवेदनशिल बनौं

  • 73
    SHARES
  • संक्रमणमुक्त भएका मदनकृष्णको आग्रह-  कोरोनाप्रति संवेदनशिल बनौं

    काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मनदकृष्ण श्रेष्ठले कोरोना भाइरसप्रति संवेदनशील बन्न सम्पूर्णमा आग्रह गरेका छन् । 
     
    ८ दिनको अस्पताल बसाइपछि कोरोना निको भएर घर फर्किएका श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । उनले पछिल्लो समय कोरोनाको संक्रमण निकै कडा रहेको बताउँदै यसँसग सचेत रहन सम्पूर्णमा आग्रह गरेका छन् । 

    मास्कको अनिवार्य प्रयोग गर्न र साबुनपानीले हात धुनसमेत उनले आग्रह गरेका छन् । आफ्नो परिवारका पाँचैजना सदस्य कोरोनाले थलिएकाले हेरचाहमा कठिन भएको बताउँदै निको भएकोमा भाग्यमानी महसुस गरेको बताए ।

    भिडियोमा मदनकृष्ण निकै थकित र गलेको मुद्रामा देखिएका छन् ।

    उनले महामारीको बेला एकापसमा सहयोग गर्न आग्रह गर्दै सरकारले तोकेका जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न सुझाव दिएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology