Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

इसीडी शिक्षकको तलब खाएको आरोप लागेका प्रअ भन्छन्– विद्यालयको खातामा पैसा आउनेबित्तिकै शिक्षकलाई दिन्छु

इसीडी शिक्षकको तलब खाएको आरोप लागेका प्रअ भन्छन्– विद्यालयको खातामा पैसा आउनेबित्तिकै शिक्षकलाई दिन्छु

  • 2.6K
    SHARES
  • इसीडी शिक्षकको तलब खाएको आरोप लागेका प्रअ भन्छन्– विद्यालयको खातामा पैसा आउनेबित्तिकै शिक्षकलाई दिन्छु

    काठमाडौं । इसीडी शिक्षकको तलब खाएको आरोप लागेका सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित चैनपुरमा रहेको श्री आधारभूत विद्यालयका प्रधानाध्यापक अशोक कुमार ठाकुरले आफूले इसीडी शिक्षकको तलब नखाएको बताउँदै विद्यालयको खातामा पैसा आउनेबित्तिकै शिक्षकलाई दिने बताएका छन् । 

    सोही विद्यालयमा कार्यरत इसीडी शिक्षक पुनम यादवले प्रअले आफूहरूको तलब खाइदिएको आरोप लगाएकी थिइन् । 

    उनले बिहीबार बेवटिभी खबरसँग भनेकी थिइन्, ‘प्रधानाध्यापकसँग तलब माग्दा दिन्छु दिन्छु मात्र भन्नुहुन्छ । तर दिनुहुन्न । विद्यालयको बैंक खातामा पैसा नै छैन । उहाँले झिकिसक्नु भएछ ।’ 

    यादवका अनुसार दुईजना इसीडी शिक्षकले पालिकाले दिएको मासिक दुई हजारका दरले एक वर्षको रकम र चारजना शिक्षकले पोशाकभत्तासमेत पाएका छैनन् ।

    विद्यालयका प्रअ ठाकुरले विद्यालयको बैंक खातामा पैसा आइनसकेकाले शिक्षकले तलब नपाएको बताए ।

    वेबटिभी खबरसँग उनले भने,‘पालिकाबाट बैंकमा पैसा ‘इन्ट्री’ भइसकेको छ । तर विद्यालयको खातामा आइपुगेको छैन । विद्यालयको खातामा पैसा आउनेबित्तिकै शिक्षकलाई दिन्छु । मैले कहाँबाट दिने ?’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij