Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

महिला युरो : फ्रान्स पहिलो पटक सेमिफाइनलमा

महिला युरो : फ्रान्स पहिलो पटक सेमिफाइनलमा

  • 388
    SHARES
  • महिला युरो : फ्रान्स पहिलो पटक सेमिफाइनलमा

    काठमाडौं । फ्रान्स म्यानेजर कोरिन डिआक्रेले भनिन्, 'हामी यहाँ इतिहास बनाउन आएका हौं ।'

    शनिबार राति साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १-० अन्तरले पराजित गर्दै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल प्रवेश गर्यो  ।

    इभ पेरिसेटले खेलको १०२औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरिन् ।

    फ्रान्सकी दिआनीलाई नेदरल्यान्डकी डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिएको थियो । 

    खेलमा नेदरल्यान्डले केही अवसर बनाएपनि फ्रान्स गोलरक्षकले बिफल पारेकी थिइन् । 

    यो संगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ । 

    अब, फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्नेछ  । अर्को सेमिफाइनलमा स्विडेन र इंग्ल्यान्ड भिड्ने पक्का छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij