Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

एमालेका सांसद पाण्डे कांग्रेस प्रवेश, साझा उमेद्वार बनाएर राष्ट्रियसभामा पठाइने

एमालेका सांसद पाण्डे कांग्रेस प्रवेश, साझा उमेद्वार बनाएर राष्ट्रियसभामा पठाइने

  • 751
    SHARES
  • एमालेका सांसद पाण्डे कांग्रेस प्रवेश, साझा उमेद्वार बनाएर राष्ट्रियसभामा पठाइने

    काठमाडौं । लुम्बिनी प्रदेशसभाका सांसदबाट राजीनामा दिएका एमालेका सांसद दृगनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस उम्मेदवारका रुपमा चार दलीय गठबन्धनले राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।

    images

    सोमबार गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै चारै दलका नेताले खादा लगाएर स्वागत गरे । उनलाई राष्ट्रियसभाको साझा उम्मेदवार बनाउने घोषणा गरिएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले पाण्डे पुरानै घरमा फर्किएको दाबी गरे ।

    उनले जेठ ६ गते हुने राष्ट्रियसभाको चुनावमा उम्मेदवार बनाउने र चारै दलको गठबन्धनले समर्थन गर्ने निर्णय भएको बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology