Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

काठमाडौं उपत्यकामा मात्रै ३,६६६ संक्रमित थपिए

काठमाडौं उपत्यकामा मात्रै ३,६६६ संक्रमित थपिए

  • 62
    SHARES
  • काठमाडौं उपत्यकामा मात्रै ३,६६६ संक्रमित थपिए

    काठमाण्डौं । काठमाडौं उपत्यकामा तीन हजार ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ हजार ९ सय २२, भक्तपुरमा २ सय २२ र ललितपुरमा ५ सय २२ जनामा कोरोना पुष्टि भएको हो ।

    देशभर पछिल्लो २४ घण्टामा सात हजार ४ सय ४८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ । यससँगै कोरोना सक्रमणबाट ३७ जनाको मृत्यु भएको छ ।  

    हालसम्म नेपालमा तीन लाख ४३ हजार ४ सय १८ जनामा कोरोना पुष्टि भएको छ ।

    त्यसैगरी दुई लाख ८६ हजार १५ जना कोरोनामुक्त भएका छन् । 

    कोरोनाको कारणले हालसम्म ३ हजार ३ सय ६२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना निको हुने दर ८३  दशमलव ३ प्रतिशत रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology