Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नागरिकता ऐनमा एमालेको दोहोरो चरित्र देखियो : वर्षमान पुन

नागरिकता ऐनमा एमालेको दोहोरो चरित्र देखियो : वर्षमान पुन

  • 390
    SHARES
  • नागरिकता ऐनमा एमालेको दोहोरो चरित्र देखियो : वर्षमान पुन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले प्रतिनिधिसभाले हालै पारित गरेको नेपाल नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयमा एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको बताएका छन् ।

    उनले नागरिकताजस्तो संवेदनशील विषयलाई चुनावी एजेण्डा बनाउन नहुने बताए ।

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा संसदमा पेस गरेको विधेयक तथा २०७७ मा ल्याएको अध्यादेश र शुक्रबार प्रतिनिधिसभाले पारित गरेको नागरिकता ऐनका सबै प्रावधान एकै रहेको पुनले बताए ।

    आफू सरकारमा छँदा ल्याएकै प्रावधान समेटेर विधेयक पारित भएको यथार्थ ढाकछोप गरि एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको पुनको आरोप छ । उनका अनुसार ओली सरकारले विधेयक र अध्यादेशमा जेजे प्रावधानअघि सारेको अहिले पनि त्यही छ ।

    उनले भने, ‘अहिले पारित भएको नागरिकता विधेयकमा हुबहु त्यही प्रावधान समावेश छ । आफूले विधेयक ल्याउने, अध्यादेशमा पनि त्यही ल्याउने अनि अहिले सरकार बाहिर भएका बेला अरूले त्यही प्रावधानसहितको विधेयक पास गर्दा राष्ट्रघाती भनेर विरोध गर्ने  एमालेको यो दोहोरो चरित्र सबैले समयमै बुझ्नुपर्छ ।’

    नेपालको भू-राजनीतिक संवेदनशीलताको ख्याल गर्दै कोही पनि नेपाली नागरिक नागरिकताविहीन हुनुहुँदैन भन्नेमा आफ्नो दल स्पष्ट रहेको पुनले बताए । नागरिकता ऐनमा उल्लेखित वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा आफ्नो दलले संसदमा परिमार्जनको प्रस्ताव राखेको उनकाे भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij