Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

विद्यार्थी नेता आचार्यको ‘छोरी’ लोकार्पण 

विद्यार्थी नेता आचार्यको ‘छोरी’ लोकार्पण 

  • 404
    SHARES
  • विद्यार्थी नेता आचार्यको ‘छोरी’ लोकार्पण 

    काठमाडौं । विद्यार्थी नेता मनिषा आचार्यद्वारा लिखित उपन्यास ‘छोरी’ लोकार्पण गरिएको छ । लाइफ रिसर्च एण्ड पब्लिकेशनले प्रकाशन गरेको ‘छोरी’ ऊर्जामन्त्री पम्फा भुसाल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, साहित्यकार बिमला तुम्खेवा र समालोचक सन्तोष परियारले संयुक्त रूपमा लोकार्पण गरेका हुन् । 

    images
    chori.jpg
     

    लोकार्पण समारोहमा मन्त्री भुसालले समाजमा अझै पनि नारीमाथि हुने विभेद कामय रहेको भन्दै राजनीति र सहित्यको माध्यमबाट यसरी नै विषय उठान गर्दै विभेद अन्त्यका लागि भूमिका खेल्नुपर्ने धारणा राखिन् ।

    परियार र तुम्खेवाले उपन्यास ‘छोरी’माथि टिप्पणी गरेका थिए । लेखक आचार्य अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष हुन् । आचार्यको यो पहिलो कृति हो ।

    chhorir.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology