Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मानसिकता परिवर्तन नगर्ने दलको भविष्य छैन् : शहरीमन्त्री चौधरी 

मानसिकता परिवर्तन नगर्ने दलको भविष्य छैन् : शहरीमन्त्री चौधरी 

  • 365
    SHARES
  • मानसिकता परिवर्तन नगर्ने दलको भविष्य छैन् : शहरीमन्त्री चौधरी 

    काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले राजनीतिक दलहरूले मानसिकता बदल्न जरूरी भएको बताएका छन् ।

    नेपाल नगरपालिका संघले आइतबार होटेल र्याडिसनमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख एवम् प्रशासकीय अधिकृतका लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

    गएको स्थानीय तह निर्वाचनमा जनताले खासखास ठाउँहरूमा प्रमुख दलहरूलाई चुनौति दिएको उनको भनाइ छ । उनले भने, ‘यो राम्रो पनि हो । अब पनि दलहरूले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैन । हामी अब सुध्रिन जरूरी छ । हाम्रा व्यवहारहरू सुध्रिनु जरूरी छ ।’

    प्रशिक्षणात्मक मन्तव्य राख्दै मन्त्री चौधरीले मेयर उपमेयरहरूलाई जनताका घरघरसँग जोडिएर काम गर्न अनुरोध गरे ।

    उनले भने, ‘ स्थानीय तहका जनप्रतिनिधिहरू साँचो अर्थमा संघीयता कार्यान्वयन गर्ने ठाउँमा हुनुहुन्छ । अब पनि मेयर/उपमेयर भएर जनतालाई थर्काउने, पुलिसलाई थर्काउने, काममा ढिलाई गर्ने र भ्रष्टाचारमा रम्ने हो भने जनताले सहदैँनन् । तपाईंहरू दलका प्रतिनिधि हुनुहुन्छ । दलहरूको औचित्य पुष्टि गर्नुस् ।’

    अहिले जनताको मानसिकता बदलिसकेकाले जनप्रतिनिधिबाट उनीहरूले धेरै आशा र अपेक्षा गरेको उनले बताए । सहरी विकासमन्त्री चौधरीले भौगोलिक, आर्थिक, सामाजिक एवम् विविध कारणले पछाडि परेका नगरपालिकाहरूलाई समान ढंगले विकासको मार्गमा अघि बढाउन मन्त्रालय तयार रहेका बताए ।

    हरेक नगर पालिकामा कम्तिमा ३ जना अर्बन प्लानरको व्यवस्था गरेर व्यवस्थित सहर बनाउने आफ्नो योजना रहेको उनले जानकारी दिए । अभिमुखिकरण कार्यक्रममा बागमती प्रदेशका नवनिर्वाचित मेयर, उपमेयर एवं प्रशासकीय अधिकृतहरूको उपस्थिति थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij