वेबटिभी खबर
चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका-६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उक्त चिनीको मूल्य १८ लाख ६९ हजार बराबर रहेको छ ।
बरामद गरिएको चिनी, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको उनले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij