वेबटिभी खबर
काठमाडौं । कैलालीमा धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार रोडमा साेमबार मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-२ बस्ने अन्दाजी ५५ वर्षीय नेत्रप्रसाद पन्त रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-३ का २२ वर्षीय सौजन खड्काले चलाएको से ३ प ९९० नम्बरको मोटरसाइकलले पैदलयात्री पन्तलाई ठक्कर दिएको थियो ।
घाइते पन्तको उपचारका क्रममा माया मेट्रो अस्पतालमा आज साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक खड्का र पछाडि सवार बैतडी दशरथचन्द-८ बस्ने २२ वर्षीय रामचन्द्र शर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij