Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

इंग्लिस प्रिमियर लिगः वेस्ट ह्यामले हरायो बर्नलीलाई 

इंग्लिस प्रिमियर लिगः वेस्ट ह्यामले हरायो बर्नलीलाई 

  • 48
    SHARES
  • इंग्लिस प्रिमियर लिगः वेस्ट ह्यामले हरायो बर्नलीलाई 

    काठमाडौं ।  इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामले बर्नलीलाई सोमबार २-१ ले हराएको छ । एक गोलले पछाडि रहेर खेलमा फर्केको वेस्टह्याम ५८ अंकसाथ पाँचौं स्थानमा छ । चौथो स्थानमा रहेको चेल्सीसँग तीन अंकको दूरी मात्र हो । लिगमा अब तीन चरणका खेल बाँकी छन् । वेस्ट ह्याम छैटौं स्थानका टोटनहमभन्दा दुई अंकले अगाडि छ ।

    बर्नलीको घरेलु मैदानमा भएको खेलमा क्रिस उडले पेनाल्टीबाट सुरुआती गोल गरे । त्यसपछि वेस्ट ह्यामका लागि मिखाइल एन्टोनियोले दुई गोल फर्काउँदै आफ्नो टिमलाई बहुमूल्य तीन अंक दिलाए । सोमबार नै वेस्ट ब्रुम र उल्भ्सबीच भएको अर्को खेल १-१ को बराबरीमा सकियो । यसले वेस्ट ब्रुमको रेलिगेसनबाट बच्ने सम्भावना अझ कमजोर भएको छ । २६ अंक मात्र रहेको उक्त टोली पुछारबाट दोस्रो स्थानमा छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology