Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

विभिन्न स्थानमा ५ जना मृत फेला

विभिन्न स्थानमा ५ जना मृत फेला

  • 359
    SHARES
  • विभिन्न स्थानमा ५ जना मृत फेला

    काठमाडौं । बाँके, काठमाडौं, सिन्धुली र पाल्पामा पाँच जना मृत फेला परेका छन् ।

    बाँकेको कोहलपुर नगरपालिका-१४ पार्वतीपुर बस्ने मम्मु भन्ने २२ वर्षीय कृष्ण गडरिया र उनकै श्रीमती २१ वर्षीया अञ्जली गडरिया आफ्नै घरमा सोमबार मृत फेला परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय बाँके, ईलाका प्रहरी कार्यालय कोहलपुर र अस्थायी प्रहरी चौकी हवल्दारपुरबाट खटिएको प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    काठमाडौं महानगरपालिका-२४ बसन्तपुर कालभैरव मन्दिर पछाडी हाल पहिचान नखुलेका करिब ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

    सिन्धुलीको सुनकोशी गाउँपालिका-३ झागाझोलीस्थित बिपि राजमार्गको किनारामा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

    पाल्पाको तिनाउ गाउँपालिका-५ तिनाउ खोलामा हाल पहिचान नखुलेकी करिब ३५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij