Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

बिल गेट्स र मेलिन्डाले टुंग्याए २७ वर्ष लामो वैवाहिक सम्बन्ध 

बिल गेट्स र मेलिन्डाले टुंग्याए २७ वर्ष लामो वैवाहिक सम्बन्ध 

  • 639
    SHARES
  • बिल गेट्स र मेलिन्डाले टुंग्याए २७ वर्ष लामो वैवाहिक सम्बन्ध 

    काठमाडौं । बिल गेट्स र मेलिन्डाले २७ वर्ष लामो वैवाहिक सम्बन्ध टुङ्ग्याउने भएका छन् । उनीहरुले आफ्नो सम्बन्ध विच्छेदलाई लिएर एक संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

    images

    बिल गेट्सले ट्वीटरमार्फत् यसलाई सार्वजनिक गरेका छन् । ‘लामो कुराकानी र हाम्रो सम्बन्धमाथि विचार गरेपछि हामीले आफ्नो वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गरेका छौं,’ उनीहरुले भनेका छन् ।

    माइक्रोसफ्टका को-फाउन्डर र संसारका सबैभन्दा धनी भनेर चर्चित बिल गेट्स र उनकी पत्नी मेलिन्डाका तीन बच्चा छन् । उनीहरुले एउटा फाउन्डेसन पनि बनाएका छन् जसले संसारभरका मानिसको स्वास्थ्य र राम्रो जीवनका लागि काम गरिरहेको छ ।

    संयुक्त विज्ञप्तिमा उनीहरुले भनेका छन्, ‘हामी यो लक्ष्यका लागि अगाडि पनि सँगै काम गर्नेछौं । यद्यपि हामीलाई लाग्छ कि आगामी दिनमा हामी पति र पत्नीको रुपमा सँगै रहने छैनौं । यसका लागि हामी नयाँ जीवन सुरु गर्न गइरहेका छौं ।’

    उनीहरुको विवाह सन् १९९४ मा भएको थियो । उनीहरुको पहिलो भेट १९८७ मा भएको थियो । उनीहरुले सन् २००० मा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन बनाएका थिए ।

    कल्याणकारी काम गर्ने उक्त संस्थाले संसारमा परोपकारी काम गर्दै आइरहेको छ । यो संस्थाले वैश्विक स्वास्थ्य, विसका र शिक्षाका साथै जलवायु परिवर्तन र कोभिड महामारीविरुद्ध सघाउन पनि अरबौं दान गर्दै आइरहेको छ ।

    बिल गेट्सले १९७५ मा माइक्रोसफ्टको स्थापनामा सघाएका थिए र प्रमुख कार्यकारी भएर २००० सम्म काम गरेका थिए । पछिल्ला दिनहरुमा उनले परोपकारी काममा केन्द्रित हुन उक्त जिम्मेवारी छाडेका थिए ।

    माइक्रोसफ्टमा अहिले पनि उनको १।३ प्रतिशत शेयर छ । फोर्ब्सका अनुसार गेट्स झण्डै १३० बिलियन डलर सम्पत्तिसहित संसारकै चौथो धनी मानिस हुन् ।

    गेट्स् फाउण्डेसनसँग झण्डै ५० बिलियन डलर सम्पत्ति छ । यो संसारकै सबैभन्दा ठूलो निजी परोपकारी संस्था हो । यसले हरेक वर्ष ५ बिलियन डलर रकम सहयोग गर्दै आएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology