Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीले बनाए स्वचालित पर्दा र प्रोजेक्टर प्रणाली

नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीले बनाए स्वचालित पर्दा र प्रोजेक्टर प्रणाली

  • 580
    SHARES
  • नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीले बनाए स्वचालित पर्दा र प्रोजेक्टर प्रणाली

    भक्तपुर । सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरमा अभिभावक दिवसको अवसरमा आवश्यक स्वचालित पर्दा र प्रोजेक्टर प्रणालीको निर्माणमा  तथा जडान नेपाल इन्जिनियरिङ कलेज (नेक) का विद्यार्थी सफल भएका छन् ।

    images

    कलेजबाट दिक्षित विद्यार्थी उत्सव खड्का, हाल अध्यनरत विधार्थीहरू राजु श्रेष्ठ, विवेककुमार गणेश तथा अन्य शैक्षिक सस्थामा आबद्ध विधार्थीहरु सेवन्त केसी र विजय श्रेष्ठले यो सफलता हासिल गरेका हुन् ।

    सम्बन्धित विधार्थीहरूले दिएको जानकारी अनुसार उक्त सिस्टमले रेडियो फ्रिक्वेन्सीमा काम गर्ने तथा एउटै रिमोटले एक मन्चमा जडित दुई पर्दासहित दुई पर्दाको मध्य भागमा जडित प्रोजेक्टरलाई नियन्त्रण गर्ने छन् । रिमोटको विभिन्न तिन बटनले दुई पर्दा र एक प्रोजेक्टरलाई खोल्ने र बन्द गर्ने पनि विद्यार्थीले जनाएका छन् । 

    ४८ फिट लम्बाई रहेको उक्त पर्दा तथा प्रोजेक्टर पर्दालाई एउटै रिमोटले बढीमा ७० मिटर टाढासम्म संचालन गर्न सकिने जनाइएको छ । उक्त सिस्टमलाई महाविद्यालयका शिक्षक तथा सैनिक अधिकृतहरुले पनि चलाएका छन् ।  

    विभिन्न प्रोजेक्टमा प्रोटोटाइप बनाएर कलेजमा आफ्नो कला प्रदर्शन गरिसकेका नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले अब पूर्ण सिस्टम बनाउन पनि आफू सक्षम रहेको कुरा कामले प्रमाणित गरिदिएका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology