Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अवरूद्ध पृथ्वीराजमार्ग सञ्चालन

अवरूद्ध पृथ्वीराजमार्ग सञ्चालन

  • 344
    SHARES
  • अवरूद्ध पृथ्वीराजमार्ग सञ्चालन

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ स्थित छिर्कनेमा अवरूद्ध भएको सडक सञ्चालन भएको छ ।

    आज बिहान सडकको बीच भागमा ट्रक पल्टिएपछि अवरूद्ध भएको छिर्कने-डुम्रे सडक बिहान १०ः१५ बजेबाट एकतर्फी सञ्चालनमा आएको हो । बालुवा बोकेर आउँदै गरेको ग१ख ४७९२ नं को ट्रक पल्टिएपछि उक्त सडक दुईतर्फीरूपमा अवरूद्ध भएको थियो ।

    क्रेनको सहायताले ट्रकलाई सडकको छेउमा ल्याइएपछि एकतर्फीरूपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । दुईतर्फीरूपमा सडक सञ्चालन हुन अझै केही समय लाग्ने देखिएको छ ।

    सडक अवरूद्ध भएपछि सयौं सवारीसाधन रोकिएका थिए । एकतर्फी सडक सञ्चालनमा आएपछि सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij