Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

ग्राण्डी अस्पतालमा ‘टेलिपरामर्श सेवा’ सुरु 

ग्राण्डी अस्पतालमा ‘टेलिपरामर्श सेवा’ सुरु 

  • 90
    SHARES
  • ग्राण्डी अस्पतालमा ‘टेलिपरामर्श सेवा’ सुरु 

    काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ‘टेलिपरामर्श सेवा’ सुरु गरेको छ । ग्राण्डीले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड-१९ को विषम परिस्थितिमा संक्रमण भएर होमआइसोलेशनमा रहेका तथा कोभिड नभएका दुवैखाले बिरामीलाई लक्ष्य गरेर टेलिपरामर्श सेवा सुरु गरेको हो । 

    अस्पतालका महाप्रबन्धक विकासमान सिंहले कोभिड संक्रमण भएर होमआइसोलेशनमा बसेका तथा कोभिड नभएका दुवै खालका बिरामीलाई अनलाइनमार्फत विशेषज्ञ चिकित्सकीय परामर्श दिनका लागि उक्त सेवा सुरु गरिएको जानकारी दिए । 

    ‘उक्त सेवासँगै बिरामीले अनलाइनमार्फत उपचारको रकम भुक्तानी गर्ने तथा अनलाइनमार्फत ‘फेस टु फेस’ चिकित्सकसँग कुरा गरेर आफ्नो समस्याबारे बताउन सक्नेछन्’, उनले भने । टेलिपरामर्श सेवासँगै बिरामीलाई अस्पताल आउन-जान नपर्ने हुँदा सहज हुने उनको भनाइ थियो ।

    ग्राण्डी अस्पतालले पछिल्लोपटक मुलुकभर कोरोना संक्रमण बढेसँगै ५४ शैय्यामार्फत बिरामीको उपचार गरेको छ । जसमा १६ भेन्टिलेटर र १८ आइसीयू छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology