Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

धनुषाको एक मन्दिरबाट विभिन्न धनमाल चोरी

धनुषाको एक मन्दिरबाट विभिन्न धनमाल चोरी

  • 386
    SHARES
  • धनुषाको एक मन्दिरबाट विभिन्न धनमाल चोरी

    काठमाडौं । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-७ स्थित श्री लक्ष्मीनियाँमाई मन्दिरबाट गएराति विभिन्न धनमाल चोरी भएको छ ।

    मन्दिरको दान पेटिकामा रहेको नगद ३० हजार रूपैयाँ, चाँदीको सिक्का १०७ पिस, चाँदीको एक थान ५ तोलाको घण्टी, पित्तलको तीन थान घण्टी, पित्तलको ५० थान सानो घण्टी, पित्तलको दुई थान गाग्री, सुनको टिकुली सानो २५ थान लगायतका सरसामान मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ ।

    प्रहरी चौकी लक्ष्मीनियाँ र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij