Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

क्रिकेटः श्रीलंकाले बंगलादेशलाई फराकिलो रनले हरायो

क्रिकेटः श्रीलंकाले बंगलादेशलाई फराकिलो रनले हरायो

  • 42
    SHARES
  • क्रिकेटः श्रीलंकाले बंगलादेशलाई फराकिलो रनले हरायो

    काठमाडौं । श्रीलंकाले बंगलादेशलाई दोस्रो टेस्टमा सोमबार २ सय ९ रनले पराजित गरेर दुई खेलको शृंखला १-० ले जितेको छ । जितका लागि ४ सय ३७ रनको कठिन लक्ष्य पाएको बंगलादेश पाँचौं दिनको पहिलो सत्र २ सय २७ रन बनाएर अलआउट भयो । पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो ।

    दोस्रो टेस्टमा भने श्रीलंकाले टस जितेर ब्याटिङ गरेयता खेल नियन्त्रणमा लिएको थियो । श्रीलंकाले सात विकेट गुमाएर ४ सय ९३ रन बनाएपछि त्यसको जवाफमा बंगलादेशले २ सय ५१ रनमात्र बनाएको थियो । तर श्रीलंकाले बंगलादेशलाई फलोअंनका लागि बाध्य पारेन र आफ्नो दोस्रो इनिङ्समा ९ विकेट गुमाएर १ सय ९४ रन जोडेको थियो ।

    श्रीलंकाका पूर्वकप्तान थिसारा परेराले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । श्रीलंकाको एकदिवसीय टिमको नेतृत्व गरेका ३२ वर्षीय अलराउन्डरले श्रीलंकाली क्रिकेट बोर्डलाई आफ्नो संन्यासबाट जानकारी दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology