वेबटिभी खबर
बागलुङ । बागलुङमा मंगलबार बिहान ६ बजेदेखि निषेधाज्ञा लगाइएको छ । कोरोनाका संक्रमित बढ्दै गएपछि बागलुङ उद्योग वाणिज्य संघ र स्थानीय पालिकाको सिफारिसमा निषेधाज्ञा जारी गरिएको हो । मंगलबारदेखि वैशाख ३१ गतेसम्म १० दिनका लागि निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
निषेधाज्ञाको अवधिभर बैंक तथा वित्तीय संस्था दैनिक ११ देखि १ बजेसम्म मात्रै खोल्ने, अदालतमा बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्ने बताइएको छ । अत्यावश्यक काम पर्ने कार्यालयबाहेक अन्यमा सेवा बन्द गर्न प्रशासनले आग्रह गरेको छ । पालिकाले पनि आफ्नो क्षेत्रमा स्वतस्फूर्त लकडाउन गराएर कोरोना संक्रमणको चेन ब्रेक गर्ने सूचना जारी गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij