Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

चौरासी पूजाको निम्ता मान्न आएकाहरूले फैलाए गाउँभरि संक्रमण

चौरासी पूजाको निम्ता मान्न आएकाहरूले फैलाए गाउँभरि संक्रमण

  • 599
    SHARES
  • चौरासी पूजाको निम्ता मान्न आएकाहरूले फैलाए गाउँभरि संक्रमण

    पाँचथर । सदरमुकाम फिदिमबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका-१ च्याङथापूमा सोमबार आठजनामा कोभिड-१९ को संक्रमण पुष्टि भयो ।

    images

    यो सुदूर गाउँमा एक वृद्धको चौरासीको पूजामा झापामा रहेका आफन्तलाई निम्ता गरिएको थियो । निम्ता मान्न आएका आफन्तसँगको सम्पर्कले उक्त गाउँमा संक्रमण फैलिएको पाइएको हो । 

    वैशाख ११ गते एक वृद्धको चौरासीको पूजाका लागि झापाबाट वृद्धका दुई आफन्त साविक च्याङथापू गाविस-१ नाम्रेक आएका थिए । याङवरक गाउँपालिका-१ का वडाध्यक्ष मोहनकुमार ढुंगेलकाअनुसार चौरासीको पूजा सबैले खुसीसाथ मनाए ।भोलिपल्टबाट आ-आफ्नो बाटो लाग्न थाले । पूजाको आयोजना गरेका स्थानीयवासी र झापा फर्किसकेका आफन्त सबैमा कोभिड-१९ सँग मिल्ने लक्षण देखिएपछि परीक्षण गराइयो ।

    ‘उहाँहरु तल (झापा) झरेर परीक्षण गराउँदा कोभिड-१९ को रिपोर्ट पोजेटिभ देखियो’, वडाध्यक्ष ढुंगेलले भने, ‘पाहुना आएकाहरुमा संक्रमण देखिएपछि आफन्तलाई बाहिरफेर ननिस्कन भनेका थियौँ । हिजो एन्टिजेन परीक्षण गर्दा आठजनामा संक्रमण पुष्टि भयो ।’ 

    चौरासीको पूजा लगाएका ८४ वर्षीय वृद्धलाई स्वास्थ्य समस्या बढी भएको पाइएको वडाध्यक्षको भनाइ छ ।

    यता सदरमुकाम फिदिममा सोमबार १५ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा कोभिड-१९ संकमण भेटिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology