Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

भारतमा कोरोना संक्रमण दर स्थिर 

भारतमा कोरोना संक्रमण दर स्थिर 

  • 414
    SHARES
  • भारतमा कोरोना संक्रमण दर स्थिर 

    नयाँ दिल्ली । कोरोना संक्रमणको त्रासमा रहेको भारतमा केही दिनयता संक्रमितको संख्या घटबढ भइरहेको छ ।

    दैनिक थपिने संक्रमितको तुलनामा बुधबार निको हुने बढी भए । गत २४ घण्टामा १७ हजार ४१५ जना संक्रमित थपिएका छन् भने २९ जनाको संक्रमणकै कारण निधन भएको छ ।

    यो अवधिमा १७ हजार ७८८ जना निको भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या एक लाख ३९ हजार १५८ पुगेको छ । 

    भारतको राजधानी दिल्लीमा एक हजार ६६ जना संक्रमित थपिए भने २ जनाको संक्रमणबाट निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

    महाराष्ट्र, तमिलनाडु, कर्नाटक र पश्चिम बंगालमा संक्रमण दर बढी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij