Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

चलचित्र ‘गोर्खाः बिनिथ द ब्रेभरी’ बेलायतमा प्रदर्शन हुँदै

चलचित्र ‘गोर्खाः बिनिथ द ब्रेभरी’ बेलायतमा प्रदर्शन हुँदै

  • 363
    SHARES
  • चलचित्र ‘गोर्खाः बिनिथ द ब्रेभरी’ बेलायतमा प्रदर्शन हुँदै

    काठमाडौं । नेपाली चलचित्र ‘गोर्खाः बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आउने भएको छ । शुक्रबारबाट बेलायतका विभिन्न शहरमा चलचित्र प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए ।

    images

    गोर्खाहरूका लागि पहिलोपटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएकाले चलचित्रलाई सबैभन्दा पहिला गोर्खा सैनिक बस्ने देशमा प्रदर्शन गर्न लागिएको उनको भनाइ छ ।

    यो चलचित्र सेप्टेम्बरदेखि फल्कल्यान्ड आइल्यान्डमा पनि प्रदर्शन हुने निश्चित भएको छ । चलचित्रले उठाएको ब्रिटिस आर्मीसँगको ऐतिहासिक कथावस्तुका कारण बीएफबीएस सिनेमाघर युके आर्मी सिनेमामा पनि चलचित्र प्रदर्शन हुने निर्देशक शाहीले बताए ।

    आगामी २४ भदौबाट नेपालमा प्रदर्शनमा आउन लागेको चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको अभिनय छ ।

    चलचित्रको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर चलचित्र बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् । साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रूपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् ।

    नेपाल प्रदर्शनभन्दा अगाडि चलचित्रको अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा पनि स्क्रिनिङ हुनेछ । नेपालमा चलचित्रलाई आरआर चलचित्रसले वितरण गर्नेछ । निर्देशक शाहीले जोखिम मोलेर विश्व शान्तिका लागि लड्ने पुर्खाहरुलाई श्रद्धाञ्जली दिन चलचित्र निर्माण गरेको जानकारी दिएका छन् ।

    त्यस्तै निर्माता सुवेदीले गोर्खालीको सत्य घटनामा आधारित चलचित्रमा जोडिन पाउनु आफ्नो सौभाग्य रहेको बताए । २५ सेप्टेम्बर १९१५ मा ब्रिटिस सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए ।

    उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर उनी बाँच्न सफल भए । घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्धारमा खटिए ।

    यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलोपटक भिक्टोरिया क्रस प्राप्त भयो । उनै कुलवीर थापाको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology