वेबटिभी खबर
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजको अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकार मेडिकल कलेजमा मिलेर काम गर्न इच्छुक रहेको बताएको निर्देशक डा.प्रमोद जोशीले जानकारी दिए ।
उनले भने, ‘मेडिकल कलेज छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्दछ भन्ने विषयमा पनि हामी बीच कुरा भएको छ ।’ त्यस्तै मेडिकल कलेजका भित्री संरचना विद्युत्, पानी, ढललगायतको व्यवस्थापनमा समस्या देखिएकाले त्यसको व्यवस्था गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएको जनाइएको छ ।
उनीसँगै प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालगायत सहभागी भएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij