Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

  • 376
    SHARES
  • बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

    काठमाडौं । बञ्चरेडाँडावासीले सधैंका लागि फोहोर फाल्न नदिने घोषणा गरेका छन् ।

    बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले आगामी भदौ १ गतेबाट फोहोर फाल्ने नदिने घोषणा गरेको हो ।

    सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले काठमाडौं महानगरले उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेकाले फोहोर फाल्न नदिने घोषणा गरेको बताए ।

    समितिले यो विषय प्रधानमन्त्री कार्यालय, शहरी विकास मन्त्रालयमा समेत जानकारी गराइसकेको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij