Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गाउँपालिकाका प्राविधिक शाखा प्रमुखविरूद्ध भ्रष्टाचार मुद्दा दायर

गाउँपालिकाका प्राविधिक शाखा प्रमुखविरूद्ध भ्रष्टाचार मुद्दा दायर

  • 553
    SHARES
  • गाउँपालिकाका प्राविधिक शाखा प्रमुखविरूद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका प्राविधिक शाखा प्रमुखको रूपमा कार्यरत इन्जिनियर नविन डाँगीविरूद्ध भष्टाचार मुद्दा दायर गरेको छ । 

    मोटरबाटो निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीवरूद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा उनीसँग ४ लाख ६ हजार ५ सय रूपैयाँ बिगो दाबी गरिएको छ ।

    डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम मागको भन्ने उजुरी परेपछि अख्यिारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

    आयोगको बुटवल र नेपालगन्जबस्थित कार्यालयबाट खटिएको टोलीले डाँगीलाई सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत असार २४ गते नियन्त्रणमा लिएको थियो ।

    थप अनुसन्धान हुँदा उनले अरु रकम पनि हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij