Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

गायक शिव परियारको ‘रिमझिम यादहरू’ सार्वजनिक 

गायक शिव परियारको ‘रिमझिम यादहरू’ सार्वजनिक 

  • 114
    SHARES
  • गायक शिव परियारको ‘रिमझिम यादहरू’ सार्वजनिक 

    काठमाडौं । गायक शिव परियारको स्वरमा रहेको रक मेलोडीको गीत ‘रिमझिम यादहरू’ सार्वजनिक गरिएको छ । आधुनिक, शास्त्रीय तथा गजल गायनमा पोख्त रहेका गायक परियारको पहिलो रक मेलोडीको गीत ‘रिमझिम’ सार्वजनिक गरिएको हो ।

    दुई दशकभन्दा लामो समयदेखि गायन क्षेत्रमा रहेका गायक परियारले पहिलोपटक रक मेलोडीको गीत रिमझिममा स्वर दिएका हुन् ।

    गायक परियारले भने, ‘२२ वर्षदेखि गायन क्षेत्रमा छु । पहिलोपटक रक मेलोडीमा स्वर दिएको छु । सुरुमा गर्न सक्दिनँ कि भन्ने थियो । तर, न्यायपूर्वक गाएको छु । दर्शक र स्रोताले मन पराउनुहुन्छ भन्ने विश्वास छ ।’

    अमेरिकामा रहेका सर्जक स्रष्टा अनुप पहारीको रिमझिम यादहरूमा शब्द सृजना र संगीत छ । सर्जक पहारीको शब्द र संगीतमा रक मेलोडीमा स्वर दिन चुनौती भए पनि न्याय गर्न सकेको गायक परियारको भनाइ छ ।

    मनोसंवाद शैलीमा प्रेमकथामा रहेको उक्त गीतमा हरेक स्रोताले आफ्नै कथा भेट्न सक्ने उनको दाबी छ । फूलबुट्टे सारीजस्ता चर्चित गीतको भिडियो निर्देशन गरेका राजेश पुमा राईले निर्देशन गरेको रिमझिम यादहरुको भिडियोमा निराजन प्रधान र करूणा श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

    उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । सर्जक अनुप पहारी निर्माता रहेको गीतको भिडियोमा क्रियटिभ डाइरेक्टरको रुपमा राजु गुरुङ छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology