Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

भारतमा लगातार तेस्रो दिन नयाँ संक्रमित घटे

भारतमा लगातार तेस्रो दिन नयाँ संक्रमित घटे

  • 400
    SHARES
  • भारतमा लगातार तेस्रो दिन नयाँ संक्रमित घटे

    नयाँ दिल्ली । भारतमा लगातार तीन दिनदेखि दैनिक संक्रमित हुनेको संख्या घटेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ तीन लाख ५५ हजार छ सय ८० कोरोना संक्रमित थपिएका छन् । अप्रिल ३० पछि नयाँ संक्रमितको संख्या घटिरहेको छ । 

    शुक्रबार चार लाख दुई हजार १४ संक्रमित थपिएकोमा शनिबार तीन लाख ९२ हजार चार सय ५९ संक्रमित भएका थिए । आइतबार पनि नयाँ संक्रमितको संख्या घटेर तीन लाख ६९ हजार नौ सय ४२ सम्म पुगेको थियो । 

    सोमबार नयाँ संक्रमित थपिएसँगै भारतमा दुई करोड दुई लाख ७५ हजार मानिस भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेकोे संख्या धेरै छ ।

    सोमबारमात्रै त्यहाँ तीन लाख १८ हजार मानिस संक्रमणमुक्त भएका छन् । तर गत साताको तुलनामा यस साता १५ प्रतिशत संक्रमित बढेका छन् भने मृत्यु ४१ प्रतिशत बढेको छ । 

    सोमबार त्यहाँ तीन हजार चार सय ३६ जनाको संक्रमणबाट मृत्यु भएको छ । लगातार छ दिनदेखि तीन हजारभन्दा बढी व्यक्तिले भाइरसको संक्रमणका कारण ज्यान गुमाइरहेका छन् ।

    एक सातामा भारतमा २४ हजार पाँच सय तीन जनाको मृत्यु भएको छ । राजधानी दिल्लीमा प्रत्येक तीन मिनेटमा एक संक्रमितको मृत्यु भइरहेको छ । त्यहाँ सोमबार चार सय ४८ जनाको ज्यान गएको छ । 

    कोरोना संक्रमणबाट भारतबाहेक टर्की, अर्जेन्टिना, जर्मनी र कोलम्बियामा मृत्यु हुनेको संख्या बढेको छ । बाँकी अमेरिका, ब्राजिल, फ्रान्स, इरानजस्ता देशमा अघिल्लो साताको तुलनामा यस साता मृत्यु हुनेको संख्या घटेको छ । 

    भारतको महाराष्ट्रमा कोरोनाको पाँच भेरिएन्ट भेटियो भारतको महाराष्ट्रमा कोरोनाको पाँच भेरिएन्ट भेटियो महामारी सुरु भएको १५ महिनामा भारतमा दुई करोड संक्रमित महामारी सुरु भएको १५ महिनामा भारतमा दुई करोड संक्रमित कोरोना संक्रमितको उपचारका लागि फाइजरले भारतलाई ७ करोड डलरको औषधि पठाउने  कोरोना संक्रमितको उपचारका लागि फाइजरले भारतलाई ७ करोड डलरको औषधि पठाउने 

  • सम्बन्धित विषय:

  • # भारत

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology