वेबटिभी खबर
काठमाडौं । भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका छन् । भेटवार्ता नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएकाे हाे ।
शुक्रबार विदेश सचिव विनय मोहन क्वात्राजीसँग भेटवार्तामा द्विपक्षीय सहयोगसँग सम्बन्धित विविध विषयहरूमा समिक्षा भएकाे राजदूत शर्माकाे भनाइ छ ।
सबै क्षेत्रमा बलियो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नजिक रहेर काम गर्ने सहमति भएकाे राजदूत शर्माले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेका छन् ।
The meeting with Foreign Secretary Shri Vinay Mohan Kwatra ji @AmbVMKwatra went excellent today. We reviewed a wide range of matters relating to bilateral cooperation. Both sides agreed to continue working closely to further deepen our strong ties in all spheres. @MEAIndia pic.twitter.com/38pkJ9XDz7
— Dr. Shankar P Sharma (@DrShankarSharma) July 29, 2022
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij