Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिको प्रतिवेदन संसदमा पेस

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिको प्रतिवेदन संसदमा पेस

  • 489
    SHARES
  • पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिको प्रतिवेदन संसदमा पेस

    काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेकाे संसदीय विशेष छानबिन समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।

    बिहीबार नै समय सकिएको समितिले शुक्रबार सभामुखलाई प्रतिवेदन बुझाएको हो । ज्येष्ठ सदस्यको हैसियतमा समितिको संयोजकत्व गरेका लक्ष्मणलाल कर्णले दिउँसो ३ बजे सभामुखलाई प्रतिवेदन बुझाएका हुन् ।

    संसद सचिवालयका अनुसार संसद भवन नयाँ वानेश्वरमै सभामुखलाई प्रतिवेदन बुझाईएको हो । शुक्रबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई स्थगित गरेर सभामुख सापकोटाले छानबिन समितिको प्रतिवेदन आजकै दोस्रो बैठकमा पेस गरेका हुन् ।

    करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी प्रश्न उठेपछि २२ असारमा ११ सदस्यीय समिति गठन भएको थियो ।

    समितिलाई सुरुमा १० दिनको समय दिइएको थियो । समय अपुग भएको भनि साउन ५ गते सात दिन समय थप भएको थियो । प्राप्त समयमै छानबिन समितिले प्रतिवेदन तयार गरेको छ । तयार प्रतिवेदनमा अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ निष्कर्ष छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij