Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सीसीटिभी जडान गर्ने सरकारी निकायले नियमको पालना नगरेको छानबिन समितिको निष्कर्ष

सीसीटिभी जडान गर्ने सरकारी निकायले नियमको पालना नगरेको छानबिन समितिको निष्कर्ष

  • 397
    SHARES
  • सीसीटिभी जडान गर्ने सरकारी निकायले नियमको पालना नगरेको छानबिन समितिको निष्कर्ष

    काठमाडौं । संसदीय विशेष छानबिन समितिले सीसीटिभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले नियमको पालना नगरेको निष्कर्ष निकालेको छ ।

    आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दुईजना अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न गत २२ असारमा ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।

    उक्त समितिले अर्थ मन्त्रालयको सीसीटिभी फुटेज अध्ययनका लागि मगाएको थियो । तर, १३ दिनमा डिलिट भएको जवाफ पाएको थियो । डिलिट भएको सीसीटिभी फुजेट पनि प्रष्ट नभएको समिति सदस्यहरूले बताएका थिए ।

    साथसाथै समितिले सिंहदरवार प्रवेश गर्ने दक्षिण र पश्चिम गेटको सीसीटिभीको फुटेज पनि मगाएको थियो । गृह मन्त्रालयले पनि १६ दिनसम्म मात्र सीसीटिभी फुटेज स्टोरेज रहने भनेको थियो ।

    यही परिवेशमा समितिले सीसीटिभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले नियमको पालना नगरेको निष्कर्ष निकालेको हो ।

    ‘सीसीटिभी जडान तथा सञ्चालन निर्देशिका, २०७२ लाई अर्थ मन्त्रालय र निर्देशिका जारी गर्ने गृह मन्त्रालय समेतले पूर्ण रूपमा पालना नगरेको देखिएकाले सीसीटिभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले अनिवार्य रूपमा पालना गर्नु पर्दछ ।’ निष्कर्ष तथा सुझाव खण्डमा उल्लेख छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij