Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

कोरोनाविरुद्धको खोप लगाएपछि प्रेमको खोजीमा अमेरिकी पुरुष 

कोरोनाविरुद्धको खोप लगाएपछि प्रेमको खोजीमा अमेरिकी पुरुष 

  • 83
    SHARES
  • कोरोनाविरुद्धको खोप लगाएपछि प्रेमको खोजीमा अमेरिकी पुरुष 

    वाशिंटन । अमेरिकामा एक्लै बस्ने पुरुषहरुले कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएपछि प्रेमको खोजीमा जुटेका छन् ।

    उनीहरु आफूलाई पुरै सुरक्षित महसुस गर्न थालेपछि साथी खोज्न थालेका हुन् । कोरोना भाइरसको महामारीका कारण ती व्यक्तिहरु घरमा एक्लै बस्न बाध्य थिए । त्यहाँका पुरुषहरुले तनाव र एक्लोपनका कारण जीवनमा एउटा साथीको महत्व कति आवश्यक हुन्छ भन्ने महसुस गरे । 

    दक्षिण अमेरिकामा बस्ने ६० वर्षीया स्टिफिन पास्कीले ४,२७० किलोमिटर पर पुगेर क्यालिफोनिर्यामा रहेकी ५७ वर्षीया मिस लेन्जसँग अप्रिल ३ मा विवाह गरे ।

    अमेरिकामा ६५ वर्षका ८० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । स्थिति सामान्य हुन थालेपछि अधवैंशे पुरुषहरु तनाव कम गर्न छिटोभन्दा छिटो जीवन साथीको खोजीमा छन् । 

    अमेरिकामा हाल डेटिङ साइटमा पनि पुरुषको संख्या १५ प्रतिशतले बढेको छ ।

    ६४ वर्षीया शिक्षिक क्याथरिन पमरले अपिल ८ मा कोरोनाको दोस्रो खोप लगाएपछि उनी हरेक शनिबार डेटिङ जाँदा मास्क लगाएर जान्छिन् र सामाजिक दुरीको पनि पुरा ख्याल गर्छिन् । उनलाई कोरोना महामारीले प्रेम गर्नका लागि पुनः एक पटक अवसर दिएको छ, उनी सो अवसर गुमाउन चाहन्नन् । 

    क्याथरिन भन्छिन्, 'म यस्तो तनावपूर्ण समय फेरि एक्लै झेल्न सक्दिन, त्यसैले चाँडै म साथीको खोजी गर्दै थिए । त्यस्तै क्यालिफोर्नियामा आधारित ग्राफिक डिजाइनर मिस लेन्गेले भनेकी थिइन, जब लकडाउन भयो, म फिलाडेल्फियामा मेरा बुवासँग थिएँ । उहाँ अल्जाइमर रोगबाट ग्रसित हुनुहुन्छ । जब उहाँ फर्कनुभयो, यो एक्लो जीवन बिताउन सजिलो छैन जस्तो लाग्यो । त्यसपछि मैले डेटिङ साइटमा मेरो छनोटको प्रस्ताव देखेँ, जुन स्टीफन पास्कीको थियो । प्रस्ताव अघि बढ्यो र हामी साथी बन्यौं । मेरो लागि भाषा र टोनले केही फरक पार्दैन । तर स्टिफिनले मेरो लागि यति टाढा यात्रा गरे, उनी पनि सबै छोडेर मसँग आए, मलाई यो सबैभन्दा राम्रो लाग्यो ।'

    ८२ वर्षीय जिम ब्रायन र ६३ वर्षकी एन माससहित धेरै व्यक्ति तनाव र एक्लोपनबाट मुक्त हुन चाहन्छन् । कार्नेगी मेलन विश्वविद्यालयका प्रोफेसर जेफ गलकका अनुसार महामारीका क्रममा ज्येष्ठ नागरिकहरुले एक्लोपन र तनाव धेरै झेले । तर खोप लगाएपछि उनीहरुमा बाँच्ने इच्छा प्रबल भयो । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology