Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

झापामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय बढी सवारी नियन्त्रणमा

झापामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय बढी सवारी नियन्त्रणमा

  • 661
    SHARES
  • झापामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय बढी सवारी नियन्त्रणमा

    काठमाडौं । झापामा जारी निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ९८ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मध्ये ५ सय ३६ वटा मोटरसाइकल र ६२ वटा चारपाङ्ग्रे सवारीसाधन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएकाे छ ।   

    images

    निषेधाज्ञा अवधिभर जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको नीजि तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने भने पनि साेमबार बिजोर नम्बरको सवारीसाधन संचालन गरेकाले नियन्त्रणमा लिएको ट्राफिक कार्यालयले जानकारी दिएको छ । 

    नियन्त्रणमा लिएका सवारी साधनका चालकलाई कोरोना भाइरस र निषेधाज्ञाको बिषयमा जानकारी गराएर सोमबार ५ बजेपछि छोडिने बताइएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology