वेबटिभी खबर
काठमाडौं । प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध एक्सीपलन साइरूपसहित बर्दिबास-६ का २५ वर्षीय संजय परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
कठुधारस्थित माईस्थान सम्सि सडकखण्डमा अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर आईरहेका परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उनलाई जिल्ला अदालत जलेश्वरबाट लागूऔषध मुद्दामा ५ दिन म्याद थप गरि ईलाका प्रहरी कार्यालय गौशलाबाट थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij