Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

अण्डाको मूल्य हालसम्मकै उच्च

अण्डाको मूल्य हालसम्मकै उच्च

  • 593
    SHARES
  • अण्डाको मूल्य हालसम्मकै उच्च

    काठमाडौं । अण्डाको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । रोगले  कुखुरा मरेर उत्पादन घटेपछि अण्डाको मूल्य बढेको हो । मंगलबारदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको)  ३ सय ७० रुपैयाँ र मध्यम आकारको  ३ सय ४० रुपैयाँ पुगेको नेपाल अण्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष किरण ओलीले जानकारी दिए ।

    images

    किसानले २५ प्रतिशत कुखुरा एच ९ र रानीखेत रोगका कारण मरेको बताएका छन् । ओलीले दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको बताएका छन् ।

    अण्डाको उत्पादनमा कमी आएका कारण मूल्य बढ्दासमेत लाभान्वित हुन नसकेको उनको भनाइ छ । संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले सरकारले अण्डाको लागत मूल्य ११.५३ रुपैयाँ तय गरे पनि हाल लागत मूल्य बढेका कारण १२.३३ रुपैयाँ हाराहारी अर्थात् अहिलेको वृद्धि मूल्य बराबर पर्न जाने बताउँछन् ।

    दानाको कच्चा पदार्थको मूल्य बढ्यो

    दानाको कच्चापदार्थको मूल्य अत्यधिक बढेपछि अण्डाको मूल्य बढेर पनि लाभ लिने अवस्थामा किसान नरहेको केसीको भनाइ छ । नेपाल दाना उद्योग संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर कँडेलले यसअघि प्रतिकिलो ६४ रुपैयाँमा आउने सामान्य भटमासको मूल्य बढेर १ सय ८ रुपैयाँ पुगेको बताए ।

    त्यसैगरी हाइप्रो भटमास प्रतिकेजी ७० रुपैयाँबाट बढेर १ सय १५ रुपैयाँ पुगेको छ । तोरी, सूर्यमुखीलगायतको पिना प्रतिकिलो सात रुपैयाँले मूल्य बढेको भन्दै उनले दानामा प्रयोग गरिने भिटामिनलगायतका सामग्रीमा शतप्रतिशतसम्म मूल्य बढेको जानकारी दिए । कँडेलको भनाइमा यससँगै ढुवानीमा समेत मूल्य बढेको छ । 

    देशको गार्हस्थ्य उत्पादनको एक प्रतिशत अण्डाले मात्रै थेग्ने दाबी गर्दै उनले मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको बताए । नेपालमा दुई हजार ७ सय किसानले लेयर्स कुखुरा पालेका छन् । यी फार्ममा दुई लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको व्यवसायी बताउँछन् । नेपालमा कुखुरापालन क्षेत्रमा एक खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको व्यवसायीहरुले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology