वेबटिभी खबर
काठमाडौं । सिराहाको माँ भगवती वेकरी एन्ड स्विट्स हाउसको समोसामा किरा भेटिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यलय सिरहाकाे अनुगमन टोलीले छापा मारेको छ ।
सेवा ग्राहीको खाजामा किरा फेला परेको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यलय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशनमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलीले माँ भगवती बेकरी एण्ड स्वीट्स हाउसमा छापा मारेको हो ।
टोलीले माँ भगवती बेकरी एण्ड स्वीट्सको किचेन र होटेलमा खानेकुरा राखिने स्थानको अनुगमन गरेको छ । टोलीले गल्ति सुधार गर्न र सरसफाईमा पूर्ण ध्यान दिन होटेलका सञ्चालक गणेश साहलाई चेतावनी दिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।
अनुगमनको क्रममा उक्त होटलमा आत्याधिक खानेसामग्रीहरू बासी पाइएको प्रशासकीय अधिकृत श्याम राउतले जानकारी दिए । होटलमा अत्यधिक फोहोर र अव्यवस्थित तरिकाले कर्मचारी खटाइएकोले खाने समानमा किरा भेटिनु स्वाभाविक रहेको उनले बताए ।
बुधबार दिउँसो चाट खाजा खादा समोसा भित्र मरेको अवस्थामा किरा फेला परेको थियो । गोलबजारका सेवाग्राही राम भरोसी यादवले किरा परेको समोसा खादा आफू बिरामी परेको दाबी गरेका छ्न् । उनका अनुसार होटेलमा सरसफाइको बारेमा पटकपटक सचेत गराउँदा पनि होटेलका संचालक गणेश साहले बेवास्ता गरेका थिए ।
मान्छेको भिड्भाड हुने होटेलमा किरा भेट्नु मानव स्वास्थ्य जीवन उपर ठाडो खेलवाड भएको पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य देबकुमार यादवले बताए । उक्त होटेल वरपर जिल्ला अदालत,मालपोत कार्यालय ,रेड्क्रस सोसाइटी ,वार एसोसियनलगायतका कार्यालय छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij