Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

कर्मचारीलाई कोरोना लागेपछि जिल्ला प्रशासन कार्यालय सिरहा बन्द

कर्मचारीलाई कोरोना लागेपछि जिल्ला प्रशासन कार्यालय सिरहा बन्द

  • 771
    SHARES
  • कर्मचारीलाई कोरोना लागेपछि जिल्ला प्रशासन कार्यालय सिरहा बन्द

    काठमाडौं । कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहा बन्द गरिएको छ । 

    images

    राजश्व संकलन काउन्टर कक्षमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जानकारी दिएको छ । 

    सबै कर्मचारीको पिसिआर रिपोर्ट नआएसम्म अत्यावश्यकबाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।

    कार्यालय अचानक बन्द हुँदा सयौं सेवाग्राहीको कार्यसम्पादन हुन सकेको छैन ।  कार्यालय बन्दबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्रमुख जिल्ला अधिकारी कँडेलले दुःख व्यक्त गरेका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology