वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकथरि मान्छेहरूले युवाहरूकाे नाममा समाज भत्काउने प्रयास गरिरहेकाे बताएका छन् । उनीहरूले नेताहरूलाई गाली गरेर समाज भत्काउन खोजिरहेको उनकाे आरोप छ ।
उनले शनिबार काठमाडौंमा नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको कार्यक्रममा बुढाहरू चाहिँदैन, प्रौढहरू चाहिँदैन भनेर समाज भत्काउन खोजिएको बताएका हुन् ।
उनले भने, ‘यो समाज बनाउने विचार होइन । समाज भत्काउने विचार हो । समाज बनाउन युवा, प्रौढ, वृद्धवृद्धाहरू पनि चाहिन्छ ।’ सबैको उचित समायोजन गरेर मात्र राजीनीति, समाज र राष्ट्र चल्न सक्ने उनको भनाइ छ ।
प्रचण्डले परिवर्तन नरूचाउनेहरूरूले अनेक बहानामा वृद्ध नेताहरूलाई निषेध गर्न खोजेको आरोप लगाए ।
उनले भने, ‘परिवर्तन नरूचाउनेहरूले कहिले युवा, कहिले वृद्धलाई कहिले नेताहरूलाई निषेध गर्न खोजेर समाज भत्काउने, परिवर्तन भत्काउने कोसिस भएका छन् ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij