Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सेती अस्पतालमा थप ६ कोरोना सङ्क्रमितको मृत्यु

सेती अस्पतालमा थप ६ कोरोना सङ्क्रमितको मृत्यु

  • 480
    SHARES
  • सेती अस्पतालमा थप ६ कोरोना सङ्क्रमितको मृत्यु

    धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया महिला र धनगढी उपमहानगरपालिका–१३ का २२ वर्षीय पुरुष रहेका छन् । महिलाको आज बिहान साढे २ बजे तथा पुरुषको सोमबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । 

    यसैगरी, दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का ६६ वर्षीय पुरुषको सोमबार राति ९ बजे मृत्यु भएको छ । उनको एन्टिजेनबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । ति पुरुषको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा मृत्यु भएको हो । 

    यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का ७१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । उनको एन्टिजेनबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । 

    यस्तै, बझाङका २६ वर्षीय पुरुषको सोमबार राति साढे १० बजे मृत्यु भएको हो । उनको यही वैशाख १४ गते एन्टिजेनबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

    सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology