Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण

नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण

  • 82
    SHARES
  • नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल पक्षका थप तीनजना सांसदलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् ।

    ‘कोरोना संक्रमणका कारण भौतिक रूपमाभन्दा भर्चुअल माध्यमबाट उहाँहरूलाई स्पष्टीकरण पत्र पठाइएको हो,’ सचिव तामाङले भने । स्पष्टीकरण पत्रमा, ‘नयाँ राजनीतिक दल खोल्ने र पार्टी हितविपरीत गतिविधिमा लागेको हो ?’ भनेर सोधिएको खातुनले बताइन् ।  

    उनीहरूबाट चित्तबुझ्दो जवाफ नआए एमाले सांसदबाट हटाइने समेत स्पष्टीकरण पत्रमा उल्लेख छ । यसअघि नेता नेपालसहित उनीपक्षका २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology