Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

महेन्द्रबहादुर शाहीलाई मत दिएका प्रकाश ज्वालाको अपिल- म एमाले नै हुँ

महेन्द्रबहादुर शाहीलाई मत दिएका प्रकाश ज्वालाको अपिल- म एमाले नै हुँ

  • 10.6K
    SHARES
  • महेन्द्रबहादुर शाहीलाई मत दिएका प्रकाश ज्वालाको अपिल- म एमाले नै हुँ

    काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश ज्वालाले आफू विद्यार्थीकालदेखि नै माक्र्सवाद-लेनिनवादको विचार बोकदै आएको बताएका छन् ।उनले एक अपिल जारी गर्दै आफूले ठूलो त्याग र संघर्ष गरेर भए पनि एमालेलाई बचाउन मद्दत गर्दै आएको बताउँदै आफू आजसम्म एमालेमै रहेकोसमेत बताएका छन् । 

    images

    वैशाख तीन गते कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका कारण एमालेको साधारण सदस्यसमेत नरहेका उनले आइतबार अपिल जारी गरेका हुन् । अपिलमा उनले केन्द्रदेखि स्थानीयस्तरसम्म समस्याहरु बढाउँदै गुटगत रुपमा पार्टी कब्जा गर्ने रणनीति देखिएपछि त्यसलाई चिर्न फ्लोर क्रस गरेको प्रष्टिकरण दिएका छन् ।

    उनले पार्टीमा आवश्यक छलफल तथा सलह नभएको गुनासो गर्दै आवश्यक वातावरण बनाउन पनि मन्त्री पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् ।उनले आफूलाई कारबाही गरिएको प्रचार गरिएको भन्दै असन्तुष्टि समेत पोखेका छन् । 

    ‘जतिबेला विद्ययार्थीकालमा कम्युनिस्ट पार्टीको झण्डा बोकें, त्यतिबेला पञ्चायतले झुटा मुद्दा लगाएर जेल हाल्यो । बहुदलकालमा कांग्रेसले सांघातिक आक्रमणको कारबाही गर्याे तर पनि हातबाट एमालेको झण्डा र मनबाट मार्क्सवाद-लेनिनवादको विचार झुकेन । माओवादी जनयुद्धकालमा दर्जनौं कारबाहीका निर्णयहरु सुनाइए तर पनि सिंगो एमाले बचाउन र वैचारिक संघर्ष गर्न छोडिएन,’ अपिलमा उनले भनेका छन् ।

    ‘केही अराजक व्यक्तिहरूबाट मलाई आर्थिक प्रलोभन जस्ता भ्रामक आरोप लगाउन दुष्प्रयास भएका छन् । तिनिहरूलाई मैले कतैबाट आर्थिक लाभ लिएको प्रमाणित गर्न चुनौती दिन्छु,’ उनले अपिलमा भनेका छन्, ‘मेरो जीवनभरिको मेरो पार्टीप्रतिको निष्ठालाई भ्रमित गर्ने कोसिस गरिएको छ । मेरा विरुद्धमा फैलाइएका प्रचारहरूमा कुनै सत्यता छैन ।’ 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology