वेबटिभी खबर
झापा । झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
यही साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका-६ का २३ वर्षीय राजेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
पाठकका अनुसार कनकाई नगरपालिका-३ स्थित सुरुंगा-कुमरखोद सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको मे१च १६५४ नं को एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १-०१-०१५ प २१४८ नं को स्कुटीलाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा स्कुटी चालक झापा-६ का राजेश र सोही स्कुटीमा पछाडि सवार उनकी श्रीमती २० वर्षीया सर्मिला कार्की घाइते भएकी थिइन् । घाइते उनीहरूको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेका राजेशकाे आज बिहान मृत्यु भएको प्रवक्ता थापाले बताए ।
एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड-१० का ४६ वर्षीय चन्द्रबहादुर विक प्रहरीको नियन्त्रण रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij