Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

मलाई महन्थ ठाकुरले कुनै हस्ताक्षर गर्न भन्नुभएको छैन: मनिष सुमन

मलाई महन्थ ठाकुरले कुनै हस्ताक्षर गर्न भन्नुभएको छैन: मनिष सुमन

  • 1.0K
    SHARES
  • मलाई महन्थ ठाकुरले कुनै हस्ताक्षर गर्न भन्नुभएको छैन: मनिष सुमन

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेता मनिष सुमनले आफूलाई पार्टी नेतृत्वले कुनै हस्ताक्षर गर्न नभनेको स्पष्ट पारेका छन् ।अध्यक्ष महन्थ ठाकुरले आफू निकटका सांसद र कार्यकारिणी सदस्यलाई हस्ताक्षर गराउने कुरा निराधार रहेको उनले बताए ।

    images

    जसपाका नेता ठाकुर र राजेन्द्र महताेले आफ्ना पक्षका कार्यकारिणी सदस्य र सांसदलाई खालि कागजमा हस्ताक्षर गराउन थालेकाे समाचार सार्वजनिक भएपछि सुमनले त्यसकाे बचाउ गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा ठाकुर र महताे पक्षले सांसद र कार्यकारिणी सदस्यकाे हस्ताक्षर लिनुलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ । 

    ‘म पनि कार्यकारिणी सदस्य हुँ, खै मलाई कसैले हस्ताक्षर गर्न भनेको छैन,’ उनले भने । सांसदलाई काठमाडौं बोलाएको कुरा वास्तविक भएको बताउँदै हस्ताक्षर गराउन थालेको समाचारमा कुनै सत्यता नभएको उनले प्रष्ट पारे । सुमन महताे निकट नेता एवं प्रदेश २ का प्रदेशसभा सदस्य हुन । 

    जसपामा हाल पूर्वराष्ट्रिय जनता पाटी र पूर्वसंघीय समाजवादी पार्टीपक्षका नेताबीच केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा फरक विचार देखिँदै आएको छ । 

    जसपाका शीर्ष नेताहरु महन्थ ठाकुर-राजेन्द्र महतो केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने पक्षमा छन् भने डा.बाबुराम भट्टराई-उपेन्द्र यादव ओली नेतृत्वको सरकारको विकल्पको खोजीमा छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology