Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

सीईडीबी हाइड्रोपावरको आइपिओ मंगलबारसम्म मात्र 

सीईडीबी हाइड्रोपावरको आइपिओ मंगलबारसम्म मात्र 

  • 75
    SHARES
  • सीईडीबी हाइड्रोपावरको आइपिओ मंगलबारसम्म मात्र 

    काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपिओमा आवेदन दिने वैशाख २१ गते अन्तिम दिन रहेको छ । सोमबारसम्म कम्पनीको आईपीओमा १५ लाख आवेदन परेको थियो । कम्पनीको शेयरमा सोमबार साँझ ५ बजेसम्म १५ लाख ३ सय ६४ जनाले २ करोड ३० लाख ७३ हजार २ सय ३६ कित्ता शेयर माग गरेका हुन् ।

    शुक्रबारबाट खुलेको सीईडीबीको २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आइपिओमा लगानीकर्ताले मंगलबारसम्म आवेदन दिन पाउँनेछन् । कुल निष्काशनमध्ये ५० हजार ३ सय ६५ कित्ता शेयर कर्मचारीहरूलाई र १ लाख २५ हजार ९ सय ११ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

    सर्वसाधारणले भने बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ता शेयरमा आवेदन दिन सक्छन् । आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २ सय ३० कित्तासम्म आवेदन दिन सकिनेछ । आइपिओ जारीपछि कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ । आवेदन गर्नेमध्ये २ लाख ३४ हजारलाई १०-१० कित्ता आइपिओ पर्नेछ ।

  • सम्बन्धित विषय:

  • # शेयर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology