Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मानवअधिकार सम्मान गर्न तालिबानलाई अमेरिकाको आग्रह

मानवअधिकार सम्मान गर्न तालिबानलाई अमेरिकाको आग्रह

  • 541
    SHARES
  • मानवअधिकार सम्मान गर्न तालिबानलाई अमेरिकाको आग्रह

    एजेन्सी, काबुल । अमेरिकाले अफगानिस्तानलाई आतंकारीको सुरक्षित आश्रयस्थानमा परिणत नगर्ने प्रतिबद्धताहरूका लागि तालिबानलाई जवाफदेही बनाउने जनाएको छ । अफगानिस्तानका लागि अमेरिकी नियोगका प्रमुख इयान म्याककरीले यस्तो धारणा राखेका हुन् ।

    ‘दोहामा गत वर्ष, हामीले महत्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न तालिबानसँग वार्तालाई अगाडि बढाएका छौं । हामीले अमेरिकी नागरिक र अफगान जनतासँग संलग्न अन्यहरूलाई व्यापक कन्सुलर सेवाहरू प्रदान गरेका छौँ । हामी मद्दत गर्न सक्षम भएकोमा म खुसी छु’, एक ट्वीटमा उनले भनेका छन् ।

    अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न मानव अधिकारको सम्मान गर्न पनि उनले आग्रह गरे । १ अगस्टमा तालिबानले सत्तापलट गरेपछि मानव अधिकारको उल्लंघन गरेको अन्तर्राष्ट्रिय समुदायले गुनासो गर्दै आएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij