Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

विप्लवसहित आधा दर्जन नेताविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी

विप्लवसहित आधा दर्जन नेताविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी

  • 461
    SHARES
  • विप्लवसहित आधा दर्जन नेताविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी

    ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

    ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजानासमेतको मुद्दामा महासचिव चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत सो पार्टीका आधा दर्जन भन्दा बढी शीर्ष नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

    जारी पक्राउ पुर्जी अनुसार महासचिव चन्द, प्रवक्ता विश्वकर्मा, केन्द्रीय सदस्यहरू सुरेश रानामगर, भरतबहादुर बम, टेकबहादुर केसी, पदम राई, उदयबहादुर चलाउनेले ३५ दिन भित्र अदालतमा हाजिर हुनुपर्नेछ । उनीहरूविरुद्ध हातहतियार खरखजना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्य विरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको लगायत मुद्दा छ ।

    ३५ दिनभित्र अदालतमा उपस्थित हुन जनाएको ललितपुर अदालतले उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएको भन्दै २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको हो ।

    पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीबाट बिद्रोही गर्दै सशस्त्र द्वन्द्वमा फर्किएका चन्द समुहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र सो क्रममा एकजनाको ज्यान गएको थियो भने देशभरी यस्ता हिंस्रक घटना घटाएको सो समुहविरुद्ध देशैभरी उजुरी छन् ।

    तत्कालिन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरूविरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैन, जसका कारण अदालतले समय समयमा नै उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij