Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

नेपाल सुपर लिग: बुटवल शीर्ष स्थानमा उक्लिने दाउमा

नेपाल सुपर लिग: बुटवल शीर्ष स्थानमा उक्लिने दाउमा

  • 88
    SHARES
  • नेपाल सुपर लिग:  बुटवल शीर्ष स्थानमा उक्लिने दाउमा

    काठमाडौं ।  सुपर लिगअन्तर्गत आज बुटवल लुम्बिनी एफसी लिगको शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ । शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ बुटवलले आज काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्दैछ । 

    बुटवल लिगको तेस्रो स्थानमा रहेको छ । काठमाडौंविरुद्ध आजको खेल जितेमा बुटवल शीर्ष स्थानमा पुग्न सफल हुनेछ ।

    प्रतियोगितामा तीन खेल खेलेको बुटवलको हालसम्म एउटामा जीत तथा दुईमा बराबरीका साथ पाँच अंक छ । काठमाडौंसितको खेल जितेमा बुटवल आठ अंकका साथ शीर्ष स्थानमा उक्लिने छ । 

    जारी प्रतियोगितामा बुटवल एकमात्र अपराजित टोली हो । यसअघि बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २-० गोलले हराएको थियो । दोस्रो खेलमा बुटवलले चितवनसँग २-२ गोलको बराबरी खेलेको थियो । तेस्रो खेलमा पनि बुटवलले विराटनगरसँग २-२ गोलको बराबरीमा खेल टुङ्ग्याएको थियो ।

    यसैगरी काठमाडौं रेजर्स दोस्रो जीतको लक्ष्यका साथ आज बुटवलविरुद्ध मैदानमा उत्रिँदैछ ।

    काठमाडौंले हालसम्म तीन खेलमा एउटामा जीत, एउटामा बराबरी तथा एक खेलमा हार बेहोर्दै चार अंक जोडेको छ । पहिलो खेलमा काठमाडौँले ललितपुरलाई पराजित गरेको थियो । दोस्रो खेलमा काठमाडौं धनगढीसँग पराजित भएको थियो । तेस्रो खेलमा काठमाडौंले पोखरासित बराबरी खेलेको थियो ।

    बुटवलविरुद्धको खेलमा विजयी भएमा काठमाडौं लिगको शीर्ष तीनमा उक्लिनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्सबीच साँझ साढे ५ बजे खेल सुरु हुनेछ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology